नेपाल राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा फुटसल टुर्नामेन्ट आयोजना हुँदै

नेपाल राष्ट्र बैंक कर्मचारी संघको आयोजनामा फुटसल टुर्नामेन्ट आयोजना हुँदै


काठमाडौं – नेपाल राष्ट्र बैंक कर्मचारी संघ बालुवाटार समितिले अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्ने भएको छ । संघले असोज ३ गतेदेखि ५ गतेसम्म संविधान दिवसको अवसरमा दोस्रो संस्करणको अन्तरबैंक फुटसल टुर्नामेन्ट सञ्चालन गर्न लागेको हो ।

संघका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच हुने उक्त टुर्नामेन्टमा महिलातर्फ २३ वटा र पुरूषतर्फ ३७ वटा गरी जम्मा ६० वटा टिमको सहभागिता रहनेछ ।

नेपाल राष्ट्र बैंक सहित १९ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा वित्त कम्पनी एवम् आयोजक टोली सहभागी हुने उक्त टुर्नामेन्टको नकआउट तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुद डट कमबाट गरिने संघले बताएको छ ।

महिला तथा पुरुष तर्फको विजेता टोलीले १ लाख नगद रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टोलीले ५० हजार रुपैयाँ नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने संघले जानकारी दिएको छ ।

संघका अनुसार पुरुष तर्फको उपाधि रक्षाको लागि एनआइसी एशिया बैंक तथा महिला तर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमइ बैंकले प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करणको उत्साहजनक सहभागिता तथा सकारात्मक प्रतिक्रिया पश्चात समितिले दोस्रो संस्करण सञ्चालन गर्ने निर्णय गरिएको हो ।

महिला तथा पुरुषतर्फको विजेता टोलीले १ लाख नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले ५० हजार नगद पुरस्कार, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरुषतर्फको उपाधि रक्षाका लागि एनआईसी एशिया बैंक तथा महिलातर्फको उपाधि रक्षाको लागि ग्लोबल आइएमई बैंकले प्रतिस्पर्धा गर्नेछन्।