काठमाडौं – अगामी अक्टोबर ६ मा फरक क्षेत्रका चार जना महिलाहरूको कथा समेटिएको वृत्तचित्र ‘द अनसाइलेन्स’ नेपालमा प्रदर्शन हुने भएको छ । दर्जन बढी अन्तर्राष्ट्रिय अवार्ड जितिसकेको ‘द अनसाइलेन्स’ वृत्तचित्र सुन्धारास्थित सिडिसी सिनेमाजमा अगामी अक्टोबर ६ अर्थात् असोज २० गते प्रदर्शन गर्न हुन लागेकाे हाे ।
वेन फिल्मस प्रालीको प्रस्तुतिमा बनेको‘द अनसाइलेन्स’ वृत्तचित्र टोसीत घतानेले निर्देशन गरेका हुन भने प्रमोद लामिछाने निर्माता र सागर ढकाल सह–निर्माता हुन ।
१ घण्टा नौ मिनेट समय अवधीको द अनसाइलेन्स वृत्त चित्रमा राधा ,माया र सुन्दरी र सुकुन रियल पात्रको जीवन कथालाई प्रस्तुत गरिएको वेन फिल्मस्ले जनाएको छ ।
बालविवाह पछि घरेलु हिंसा भोगेकी राधा, कुवेतमा पुगेर मानव बेचबिखनको पन्जाबाट उम्किएर नेपालमा उद्यमी बनेकी माया ,शारीरिक रूपमा होची सुन्दरी, नेपाली समाजले बनाएको तल्लो जात भनेर हेपिएकी सुकुनको जीवन कहानी वृत्तचित्रमा वास्तविक पात्र राखेर बनाइएको निर्देशक टोसीत घतानीले बताए ।
विदेशका धेरै ठाउँमा प्रदर्शन गरेर अवार्ड जिते पनि नेपालमा सचेतनाका लागि वृत्तचित्र देखाउन लागिएको निर्माण टिमको भनाइ छ ।
यसअघि युरोप, युके ,जापान लगायतका विभिन्न देशका फेस्टिभलमा सहभागिता जनाएर अवार्ड जितेको ‘द अनसाइलेन्स’ वृत्तचित्र अमेरिका अस्ट्रेलियामा पनि प्रदर्शन मिति तय भैसकेको निर्माण टिमले जनाएको छ ।






About Us
प्रतिक्रिया