काठमाडौं– नेपाल राष्ट्र बैंकले विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको छ । केन्द्रीय बैंकले एक सूचना जारी गर्दै विदेशी अडिटरबाट १० ठूला बैंकको लेखापरिक्षण गराउने कार्य रद्द गरेको जनाएको हो ।
केन्द्रीय बैंकले १० ठूला वाणिज्य बैंकको लेखापरीक्षण गर्न छनोट भएको भारतीय कम्पनी केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज प्रालिको प्रस्ताव अस्विकृत भएसँगै लेखापरीक्षण कार्य रद्द भएको जनाएको हो ।
मार्च २०२३ मा आईएमएफले नेपाल सरकारलाई उपलब्ध गराउने विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गत ३९५ मिलियन डलर प्रदान गर्नका लागि प्रमुख सर्तका रुपमा अन्तर्राष्ट्रिय अडिटरमार्फत नेपालका ठूला बैंकहरूको लेखापरीक्षण गर्नुपर्ने सर्त राखेको थियो।






About Us
प्रतिक्रिया