मुम्बई – आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीन रेग्मीले नेपाल र भारतमा ‘नन–बैंक’ कम्पनीले ‘पेमेन्ट इकोसिस्टम’मा र क्रसबोर्डर पेमेन्टमा नेतृत्वदायी भूमिका खेलिरहेको बताएका छन् । भारतको मुम्बईमा २८ अगस्टदेखि ३० अगस्टसम्म चलेको ‘ग्लोबल फिनटेक फेस्टिभल’मा सहभागी रेग्मीले नेपालमा रहेका ‘पेमेन्ट प्रोसेसर’ले विद्युतीय कारोबार र क्रसबोर्डर भुक्तानीमा नै नेतृत्वदायी भूमिका खेलिरहेको बताएका हुन् ।
उनले पेमेन्ट प्रोसेसरहरुले बैंकहरुलाई नै भुक्तानीमा सहजीकरण गरिरहेका बताए । फेस्टिभलको ‘Efficiency vs inclusivity: Examinig Bilateral and Multilateral Cross-Border Payments Systerm’ नामक सेसनमा बोल्दै रेग्मीले यस्तो बताएका हुन् । पेमेन्ट सर्भिस प्रोभाइडर र पेमेन्ट सर्भिस अपरेटरले बैंकहरुलाई अन्तर्राष्ट्रिय सेवाग्राहीबाट समेत भुक्तानी पाउन सहजीकरण गरिरहेका छन् ।
‘तर, ती कम्पनीसँग बैंकको लाइसेन्स छैन । जसले नेपालबाहिरबाट नेपाल पुगेका सेवाग्राहीलाई भुक्तानीमा सहजता ल्याइरहेका छन् । उनीहरुको सुरुदेखि नै भुक्तानीमा सहजीकरण गरिरहेका छन्,’ उनले भने, ‘यस्ता कम्पनीले थर्डपार्टीलाई भुक्तानीमा सहजीकरण ल्याउनुका साथै आफ्नो नेटर्वकबाट भुक्तानी जम्मा समेत गरिरहेका छन् । ती कम्पनी ‘रिस्क गाइडेन्स फ्रेमवर्क’ मा परिष्कृत छन् भने आफ्ना सेवग्राहीलाई भुक्तानीमा सहयोग गरिरहेका छन् । उनीहरु इनोभेटिभ र सेवाग्राही केन्द्रीत छन् ।’
ती कम्पनीले बैंकलाई अन्तर्राष्ट्रिय सेवाग्राहीमार्फत भुक्तानीका लागि सहजीकरण गरिरहेका छन् । तर उनीहरु बैंक भने होइनन् र सेवाग्राहीलाई सहजीकरण मात्रै गर्छन् । ‘फास्ट पेमेन्ट नेटवर्क’ तीव्ररुपमा अघि बढिरहेको छ र ती कम्पनी र प्रतिस्पर्धीलाई बैंकले राम्रो वातावरण विकास गरिरहेका छन् । यस्ता कम्पनीहरु देशको ‘ब्यालेन्स अफ पेमेन्ट’का बारेमा बैंक जत्तिकै चेत छन् ।
पेमेन्ट सर्भिस प्रोभाइडरमा धेरै चूनौती छन् । तर, केन्द्रयि बैंकको निगरानी र नियमनमा बस्छन् । नेपालमा ‘क्यूआर टू क्यूआर’ नेटर्वकको ठूलो सञ्जाल विस्तार भइसकेको छ । र यसरी सञ्चालन हुने क्यूआर सुविधा ‘फ्रि अफ कस्ट’ छ । नेपालमा क्रसबोर्डर पीटूपी मात्रै नभएर नन बैंक कम्पनीले रेमिट्यानसमा समेत राम्रो नेतृत्व गरिरहेका छन् । आईएमईले झण्डै ७० प्रतिशत रेमिट्यान्सको काम गर्छ । यसले डमेस्टिक र क्रसबोर्डर रेमिट्यान्सको काम गर्छ ।
प्रतिक्रिया