नेपालमा पनि चल्ने भयो भारतीय रुपे कार्ड

नेपालमा पनि चल्ने भयो भारतीय रुपे कार्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।

 भारतको अन्तराष्ट्रिय डिजिटल भुक्तानी कार्ड नेपालमा पनि प्रयोग गर्न मिल्ने भएको छ । 

प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो भारत भ्रमणको क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संयुक्त रुपमा ‘रुपे’ डिजिटल कार्डको सुरुवात नेपालमा पनि गरेका छन् । 
यो सँगै भिसा र मास्टर कार्ड जस्तै नेपाली बैंकहरुले रुपे कार्डलाई प्रचलनमा ल्याउने बाटो खुलेको हो । 

यसको प्रयोगले नेपालमा आउने भारतीय पर्यटकको लागि सहज हुने लगायत यसले दुई देशबीचको व्यापारिक कारोबारमा पनि सहयोग पुग्ने विश्वास लिईएको छ ।
नेपालमा रहेको एसबीआई बैंकको सबै सेल मेसिनहरुमा कारोबारको लागि रुपे प्रयोग गर्न सकिनेछ । हाल देशभर एसबीआई बैंकका १४०० बटा मेसिन उपब्ध छन् । 

‘रुपे’ भारतले जारी गरेको पहिलो ग्लोबल कार्ड हो ।