बैंकिङ्ग प्रणालीको निक्षेप ३ अर्बले बढ्यो, कर्जा प्रवाहमा सामान्य वृद्धि

बैंकिङ्ग प्रणालीको निक्षेप ३ अर्बले बढ्यो, कर्जा प्रवाहमा सामान्य वृद्धि


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब १७ अर्ब पुगेको छ । केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २८ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।

साउन २७ गते भने बैंकिङ्ग प्रणालीमा ६४ खर्ब १४ अर्ब निक्षेप संकलन भएकोमा २८ गते ३ अर्बले निक्षेप संकलनमा वृद्धि आएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलनमा पनि २ अर्बले बढेको छ । असार २७ गते ५६ खर्ब ८७ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २८ गते ५६ खर्ब ८९ अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाहमा भने केही सुधार देखिएको छ । बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ४ अर्बले बढेको छ । गत आइतबारसम्म ५१ खर्ब ५९ अर्ब कर्जा प्रवाह भएकोमा आइतबार भने ५१ खर्ब ६३ अर्ब कर्जा प्रवाह गरेका छन् ।

त्यस्तै, सो समयमा वाणिज्य बैंकहरुले गर्ने कर्जा प्रवाहमा पनि केही सुधार देखिएको छ । वाणिज्य बैंकहरुले गत सोमबारसम्म ४५ खर्ब ६९ अर्ब कर्जा प्रवाह गरेका छन् । आइतबार वाणिज्य बैंकहरुले ४५ खर्ब ६६ अर्ब कर्जा प्रवाह गरेकामा सोमबार ४ अर्बले बढेको हो ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७९.२ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम भएको देखाउँछ ।