एक महिनासम्म इसेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ चल्ने

एक महिनासम्म इसेवा मनी ट्रान्सफरको ‘रेमिट पर्व’ चल्ने



काठमाडौं – डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले जनैपूर्णिमा, बुवाको मुख हेर्ने दिन तथा हरितालिका तिजको अवसरमा ‘रेमिट पर्व’ सुरु गरेको छ । कम्पनीका अनुसार साउन ३० देखि १ महिनासम्म सञ्चालन हुने योजनामा हरेक हप्ता २५ हजार जित्न सकिनेछ ।

योजनामा सहभागी हुन ग्राहकले विदेशबाट आफ्ना आफन्तको इसेवा वालेटमा प्रतिकारोबार न्यूनतम १० हजार रेमिट पठाउनु पर्नेछ ।

इसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तिय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।