काठमाडौं– रिलायन्स फाइनान्स लिमिटेडले १४औं वार्षिक साधारण सभा भदौ २० गतेलाई डाकेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले १४ औं वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले भेन्चर क्यापिटल तथा सामूहिक लगानी कोषको संस्थापक शेयरमा लगानी गर्ने, बुक विल्डिङसमेतको कार्य गर्ने व्यवस्था थप गरि कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने र अन्य कुनै उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पारित गर्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया