आरम्भ चौतारी लघुवित्तको नाफा वृद्धि

आरम्भ चौतारी लघुवित्तको नाफा वृद्धि



काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत बर्ष खुद नाफा बढेर चार करोड ३५ लाख २३ हजार रुपैयाँ भएको छ । अघिल्लो वर्ष कम्पनीको नाफा ६ करोड ५ लाख ७० हजारा रुपैयाँ ऋणात्मक थियो ।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी दुई प्रतिशतले घटेर २७ करोड ६ लाख ३७ हजार रुपैयाँमा झरको छ । यो अघिल्लो वर्ष २७ करोड ६१ लाख ५० हजार रुपैयाँ थियो । कम्पनीको खुद फी तथा कमिशन आम्दानी भने ६५.८६ प्रतिशतले बढेर ६ करोड ३० लाख ८ हजार रुपैयाँ पुगेको छ ।

३६ करोड ७१ लाख ४३ हजार रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङमा ३ करोड ६४ लाख ९४ हजार रुपैयाँ ऋणात्मक र रिजर्भमा १६ करोड ७० लाख ६६ हजार रुपैयाँ छ । कम्पनीको ग्राहकमा प्रवाह गर्ने कर्जा ७।६७ प्रतिशतले घटेर ४ अर्ब २५ करोड १० लाख ६७ हजार रुपैयाँ र निक्षेप संकलन ६.७७ प्रतिशतले बढेर १ अर्ब ५८ करोड २० लाख ६४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको कुल सञ्चालन आम्दानी ६.२१ प्रतिशतले वृद्धि भएर ३३ करोड ३६ लाख ४५ हजार रुपैयाँ पुगेको छ । कम्पनीको वितरणयोग्य नाफा ८ करोड २३ लाख ४० हजार रुपैयाँ छ । समीक्षा अवधिमा कम्पनी प्रतिशेयर आम्दानी ९ईपीएस० १६।५० रुपैयाँ ऋणात्मकबाट बढेर ११.८५ रुपैयाँ पुगेको छ । प्रतिशेयर नेटवर्थ १४१.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०३।७६ गुणा र तरलना अनुपात ३.०८ प्रतिशत छ ।