काठमाडौं– बैंकिङ्ग फाइनान्स एन्ड इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (बिफिन) ले ‘फाइनान्सियल स्टाबिलिटी एन्ड डिजिटल ट्रान्सफर्मेसन इन अनसर्टेन टाइम्स’ सम्मेलन आयोजना गरेको छ।
डिजिटल प्रविधिको रणनीतिक प्रयोगमार्फत वित्तीय स्थिरता कायम राख्न तथा बैंकिङ्ग , वित्त र बिमा क्षेत्रका लागि प्रभावकारी जोखिम व्यवस्थापनमाथि छलफल गर्न गर्ने उद्देश्यले आज नेपालसहित भारत र श्रीलंकाली विज्ञको सहभागितामा सम्मेलन गरिएकाे बिफिनले जानकारी दिएको हो।
संस्थाको छैटौं वार्षिकोत्सव अवसर पारेर काठमाडौंमा आयोजना गरिएकाे सम्मेलनमा नेपाल, भारत र श्रीलंकाका प्रमुख विज्ञ तथा नीति निर्माताले एआई, फिनटेक रिभुलेसन र साइबर सेक्युरिटीको भूमिकामा छलफल गर्नेछन्।
आर्थिक अनिश्चिततामा कसरी प्रगति गर्न सकिन्छ भन्नेबारे सिर्जनात्मक रणनीति खोजी गर्नु सम्मेलनको उद्देश्य रहेको आयोजकको भनाइ छ। स्वदेश तथा विदेशका गरी २१ विशिष्ट व्यक्तित्वले कार्यपत्र प्रस्तुति एवं मन्तव्य राख्ने सम्मेलनमा बैंक, वित्तीय संस्था, इन्स्योरेन्स र अन्य क्षेत्रका गरी करिब २०० सहभागी हुने लक्ष्य रहेकाे थियाे ।



About Us
प्रतिक्रिया