नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २९ लाख माथि

नेपाल माइक्रो इन्स्योरेन्सको नाफा २९ लाख माथि


काठमाडौं– नेपाल माइक्रो इन्स्योरेन्सले आर्थिक वर्ष २०८०/८१ मा २९ लाख ५४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणअनुसार ३ करोड ३० लाख रुपैयाँ पुनर्बीमा मार्फत खर्चिएको छ । यस अवधिमा १ करोड ८५ लाख ३८ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ भने अभिकर्ता कमिशन मार्फत ३ लाख १४ हजार रुपैयाँ खर्चिएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको महाविपत्ती कोषमा ३ लाख ६२ हजार रुपैयाँ रहेको छ । एक वर्षमा कम्पनीको रिटेण्ड अर्निङ्ग ३० लाख ९८ हजार रुपैयाँ रहेको छ । अन्य इक्विटीमा ३६ लाख ५७ हजार रुपैयाँ रहेको छ भने एक वर्षमा कम्पनीले ५ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।