काठमाडौं– मेट लाइफले गत आर्थिक वर्ष २०८०/८१ मा ५ अर्ब ४५ करोड ६३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ५ अर्ब ४ करोड ८१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा बाहेक अधिकांश सूचकमा वृद्धि देखिएको हो ।
गत आवमा कम्पनीको जीवन बीमा कोष २६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ भने कम्पनीले ५० करोड ४१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७६ करोड ५४ लाख नाफा गरेको थियो। साथै एक वर्षमा कम्पनीले ५ अर्ब ६७ करोड ८९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले पुनर्बीमा मार्फत २२ करोड २५ लाख रुपैयाँ खर्चिएको छ । कम्पनीले आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ४९ करोड ४८ लाख रुपैयाँ सञ्चित छ । रिटेन्ड अर्निङ्गमा २ अर्ब ३३ करोड ५३ लाख रुपैयाँ रहेको छ भने अन्य इक्विटीमा १ अर्ब १ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया