रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा उल्लेख्य प्रगति

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षमा उल्लेख्य प्रगति



काठमाडौँ– रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत वर्ष ४२ करोड ६३ लाख ५८ हजार रुपैयाँ खुद नाफा गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा २७.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीले ३३ करोड ४२ लाख १५ हजार रुपैयाँ नाफा गरेको थियो ।

गत वर्ष कम्पनीले ४८ करोड ६० लाख रुपैयाँ अभिकर्ता कमिशन मार्फत खर्चिएको छ । अघिल्लो वर्ष कम्पनीले ५० करोड ८१ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको कुल खर्च १६।६९ प्रतिशतले बढेको छ ।

कम्पनीको जीवन बीमा कोषको आकार ३५.७९ प्रतिशतले बढेर १० अर्ब ५ करोड २४ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो वर्ष ७ अर्ब ४० करोड २८ लाख रुपैयाँ थियो । कम्पनीले गत वर्ष ४ अर्ब २० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ३ अर्ब ७९ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जन १०.८८ प्रतिशतले बढेको हो ।