काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८० र८१ को चौथो त्रैमासको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा बृद्धि देखिएको छ ।
१ अर्ब ६४ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ३७ करोड ४७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ती कोषमा ९ करोड ९२ लाख रुपैयाँ रहेको छ । रिटेन्ड अर्निङ्गमा ३१ करोड २४ लाख रुपैयाँ र अन्य इक्विटीमा ११ करोड ७७ लाख रुपैयाँ रहेको छ ।
समिक्षा अवधिमा कम्पनीले ७० करोड ६ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ३० लाख नाफा गरेको यिो । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा ८७ प्रतिशतले बृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा १ अर्ब ७२ करोड थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार सामान्य घटेको हो ।
समिक्षा अवधिमा कम्पनीले १ अर्ब ६८ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७ प्रतिशतले बृद्धि भएको हो ।
प्रतिक्रिया