काठमाडौं – कमलपोखरीस्थित कृष्ण बेकरी एन्ड कन्फेक्सनरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले २ लाख रूपैयाँ जरिवाना तिराएकाे छ। बजार अनुगमन क्रममा विभिन्न छलकपट देखिएसँगै विभागले जरिवाना तिराएको हो ।
विभागले रिलेबलिङ गरेको वा गुणस्तर, परिमाण, मूल्य, नापतौलमा हेरफेर गरेको पाइएसँगै बेकरीलाई जरिवाना तिराएको जानकारी दिएकाे छ ।
साथै, सोही स्थानको कृष्ण पाउरोटी भण्डार प्रालिलाई भने अनुगमनपछि सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
प्रतिक्रिया