एनएलजी इन्स्योरेन्सकाे अधिकांश सूचकमा सुधार

एनएलजी इन्स्योरेन्सकाे अधिकांश सूचकमा सुधार


काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षमा अधिकांश सुचक सकारात्मक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार व्यवसाय, मुनाफा, प्रतिशेयर आम्दानी लगायतका सूचकमा सकारात्मक देखिएको हो ।

कम्पनीको समग्र बीमा व्यवसाय ११.१२ प्रतिशतले वृद्धि भई २ अर्ब ५८ करोड पुर्याएको छ । जसमा खुद बीमा शुल्क ७५ करोड २१ लाख रुपैयाँ मात्रै आर्जन गरेको छ । साथै कम्पनीको कूल बीमा दावी भुक्तानी २ अर्ब १९ करोडबाट घटेर १ अर्ब ५९ करोड कायम छ । कम्पनीले जोखिमयुक्त व्यवसाय नलिई जोखिमहरुको सही विश्लेषण गरेकोले बीमा दावी कम परेको देखिएको छ ।

कम्पनीको कूल खर्चमा पनि कमी आएको छ । खर्च एक अर्ब चार करोडबाट झरेर ९६ करोडमा सीमित हुन पुगेको छ । हालसम्म कूल चुक्ता पुँजि एक अर्ब ५३ करोड रहेको कम्पनीले जगेडा कोषमा कूल एक अर्ब ७३ करोड रुपैयाँ राखेको छ ।