गिरीबन्धु, भुटानी शरणार्थी, ट्रंक लाइन लगायतका प्रकरणमा थप छानबिन हुनुपर्छ : गगन थापा 

गिरीबन्धु, भुटानी शरणार्थी, ट्रंक लाइन लगायतका प्रकरणमा थप छानबिन हुनुपर्छ : गगन थापा 


काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गिरीबन्धु टी-इस्टेट, नक्कली भुटानी शरणार्थी ठगी प्रकरण, ट्रंक लाइन विवाद र सहकारी ठगी प्रकरणमाथि अहिलेकाे सरकारले थप छानबिन गर्नु्पर्ने बताएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठक बोल्दै महामन्त्री थापाले सरकाले भुटानी शरणार्थी प्रकरण लगायतका अन्य भष्ट्राचारका प्रकरण गर्नुपर्ने बताएका छन् ।

महामन्त्री थापाले भने, ‘ भुटानी शरणार्थी प्रकरण गिरीबन्धु टि स्टेट प्रकरण लगायतका प्रकरणमा यो सरकारले अगाडिको सरकारले थालेको अनुसन्धानलाई निरन्तरता दिनुपर्छ । यस विषयमा थप के भइरहेको अपडेट गराउनुपर्छ । यस्ता प्ररकणमा दोषी उम्किनु हुँदैन, निदोर्षलाई कारवाही गर्नुहुँदैन ’

उनले डेडिकेटट टङ लाइन प्रकरण, सहकारी ठगी प्रकरा लगायतका पक्षमा अनुसन्धान गनुपर्ने औँल्याए । उनले जतिसुकै पहुँचवालालाई एक रुपैयाँ तलमाथि हुन नदिने विषय संसदमा प्रस्ट पार्नुपर्ने उनले बताए । ‘यो प्रमाणका आधारमा छानबिन गर्नुपर्छ । सरकार फेरिए कुरा फेरिन्छ ? फेरिँदैन,’ उनले भने । सत्तापक्षमा हुँदा एउटा बोली र प्रतिपक्षमा हुँदा अर्को बोली बोल्न नहुने उनले बताए ।