५१ करोड ३९ लाख नाफा कमाएको नेपाल लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार

५१ करोड ३९ लाख नाफा कमाएको नेपाल लाइफ इन्स्योरेन्सको अधिकांश सूचकमा सुधार


काठमाडौं– नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ५१ करोड ३९ लाख खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो आवको तुलनामा ३०.८ प्रतिशतले नाफा बढेको देखाएको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ३९ करोड २९ लाख नाफा आर्जन गरेको थियो ।

कम्पनीको मुख्य बिजनेस आम्दानी अर्थात् खुद प्रिमियम आम्दानी भने ९.८ प्रतिशत बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३६ अर्ब ५१ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ४० अर्ब ११ करोड रुपैयाँ छ । कम्पनीको कुल आम्दानी १२.३ प्रतिशत बढेको छ । गत आर्थिक वर्षमा कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रुपैयाँ छ ।

हालसम्म कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ भने कम्पनीको सञ्चित नाफा ५ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।