काठमाडौं- आईएमई लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन कवि फुँयाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको २०८१ श्रावण १४ गते बसेको २०१ औं बैठकको निर्णयानुसार उनलाई दोस्रो कार्यकालका लागि समय थप गरिएको हो ।
कम्पनीले निर्णय स्वीकृतिका लागि बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले साउन २८ गते पुनः दोस्रो कार्यकालको पदभार सम्हाल्ने गरि स्वीकृती प्रदान गरेको थियो । अब उनको कार्यकाल ४ वर्षको हुनेछ ।
प्रतिक्रिया