आइजिआई प्रुडेन्सियलको खुद नाफा १५६ प्रतिशतले बढ्यो

आइजिआई प्रुडेन्सियलको खुद नाफा १५६ प्रतिशतले बढ्यो


काठमाडौं – आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले आर्थिक बर्ष २०८०/८१ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । ३ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ७२ करोड ५७ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा महाविपत्ति कोषमा ८ करोड १२ लाख रुपैयाँ रहेको छ ।

रिटेन्ड अर्निङ्गमा ३४ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५० करोड ३३ लाख रुपैयाँ रहेको छ। समिक्षा अवधिमा कम्पनीको बीमा कोष ४ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यसै अवधिमा ४ करोड ७३ लाख थियो ।

अघिल्लो बर्षको तुलनामा कम्पनीको बीमा कोषको आकार सामान्य घटेको हो । समिक्षा अवधिमा कम्पनीले ६१ करोड २१ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८४ लाख नाफा गरेको थियाे । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफामा १५६ प्रतिशतले वृद्धि भएको हो ।

समिक्षा अवधिमा कम्पनीले ३ अर्ब ६० करोड ८५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ अर्ब ९ करोड ५६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमा शुल्कमा ७२ प्रतिशतले वृद्धि भएको हो ।