काठमाडौं – नेपाल राष्ट्र बैंकले ऋण लिनुअघि व्यवहारिक र स्पष्ट व्यवसायिक योजना तयार पार्न आग्रह गरेको छ । केन्द्रीय बैंकले एक भिडियो सन्देश मार्फत कुनै पनि व्यवसाय गर्नका लागि बैंकबाट कर्जा लिँदा सहजै पाउनका लागि व्यवहारिक र स्पष्ट व्यवसायिक कार्य योजना तयार पार्नुपर्ने सन्देश दिएको हो ।
केन्द्रीय बैंकद्वारा जारी भिडियोमा स्पष्ट र व्यवहारिक कार्य योजना नहुँदा कर्जा लिन समस्या हुने, नपाइने लगायतका समस्या देखाइएको छ । भिडियोमा रहेका दुई पात्रमध्ये एक पात्रले नयाँ व्यवसायका लागि कार्य योजना पेस गर्दा व्यवसायको परिचय, व्यवसाय गर्ने तरिका, व्यवसायका चुनौती, सम्भावना लगायतका विषय उठान गर्दा सहजै कर्जा पाएको देखाइएको छ ।
तर, अर्का पात्रले व्यवसायको कार्य योजना नबनाईकन कर्जा लिन खोज्दा पाएका छैनन् । संवादका क्रममा एक पात्रले भन्छन् ‘कर्जा दसैँमा टिका लगाएर दक्षिण दिएको जस्तो हो र ?’। समग्रमा भिडियोले विश्वासिलो, व्यवहारिक र स्पष्ट कार्य योजना नभई कर्जा नपाइने सन्देश दिएको छ ।
केन्द्रीय बैंकद्वारा जारी भिडियाे सन्देशः
प्रतिक्रिया