काठमाडौं – बैंकिङ्ग कसुरको मुद्दामा ललितपुरको महालक्ष्मी नगरपालिका– २ का ८१ वर्षीय रामप्रसाद पौड्याल पक्राउ परेका छन् । पौड्यालमाथि चेक बाउन्सकाे मुद्दा छ।
उनले एक महिनाभित्र फिर्ता दिन्छु भन्दै लोकेन्द्र नारायण श्रेष्ठको ५८ लाख २१ हजार रुपैयाँ सापटी लगेका थिए । पटक–पटक रकम फिर्ताका लागि मागेपछि पौड्यालले सनराइज बैंकको खाताबाट दुई वटा चेकमार्फत् ५८ लाख २१ हजार रकम उल्लेख गरेर दिएका थिए । उक्त चेक बाउन्स भएपछि श्रेष्ठले कानुन प्रक्रिया अघि बढाएका थिए ।
पौड्याललाई क्षतिपूर्ति शुल्क बापत २ लाख ३२ हजार ८४० रुपैयाँ समेत दिलाउन भन्दै उच्च अदालत पाटनका न्यायाधीशद्वय लोहित चन्द शाह र ईश्वरराज आचार्यको इजलासले गत २०७७ मंसिर १६ मा फैसला सुनाएको थियो।
झम्सी खेलबाट पक्राउ परेका ८१ वर्षीय वृद्ध पौड्याललाई फैसला कार्यान्वयनका लागि ललितपुरको नख्खु कारागार पठाइएको छ। सात दिनको कैद भुक्तान गरे पनि जरिवाना र क्षतिपूर्ति वापतको रकम नतिरेको अवस्थामा भने थप कैद बस्नुपर्ने हुन्छ।
प्रतिक्रिया