काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बाेनश शेयर सूचीकृत भएको छ। आइतबार कम्पनीको २५ प्रतिशत शेयर सूचीकृत भएको हो ।
कम्पनीको बार्षिक साधारण सभाले पारित गरेको २५ प्रतिशत बोनश शेयर बराबरको एक करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । अब उक्त बोनश शेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।
सो सभाले १ दशमलव ३१५८ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
प्रतिक्रिया