हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले ५० प्रतिशत हकप्रद जारी गर्दै

हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिजले ५० प्रतिशत हकप्रद जारी गर्दै



काठमाडौं –हाईलाइफ एग्रो एण्ड फुड्स इन्डष्ट्रिज लिमिटेडले ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले भदौ ११ गते मंगलबार अपरान्ह ४ बजे कम्पनीको मुख्य कार्यालयमा विशेष साधारणसभा बोलाएको छ ।

सभाले कम्पनीको अधिकृत, जारी र चुक्ता पूँजी वृद्धि गर्ने, हाल कायम चुक्ता पूँजीको ५० प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने र नवनियुक्त सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।