जारकाे पानीकाे ४७ रूपैयाँ मात्र लिन निर्देशन,बढी लिए कारबाही गर्ने विभागकाे चेतवानी


काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी नलिन आग्रह गरेकाे छ । विभागले पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, तापतौल र परिमाणको पानीमा फरक(फरक एमआरपी लगाई बिक्री गरेको जानकारी आएकाले यस्ताे नगर्न आग्रह गरेकाे हाे ।

काठमाडौं उपत्यकाभित्र खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ र २० लिटर जारको ४७ रुपैयाँ तोकिएको छ । पानी उत्पादक कम्पनीहरूले यी मूल्यभन्दा फरक पर्ने गरी होटलररेस्टुरेन्टसँग सम्झौता गरी बढी मूल्यको एमआरपी राखेको भन्दै विभागले पानी उत्पादक कम्पनीहरूलाई मूल्यमा समानता कायम राख्न निर्देशन दिएकाे हाे । एमआरपीको नियम पालना नगरे कानुनअनुसार कारबाही गर्ने विभागले चेतावनी दिएको छ ।