प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर सर्वसाधारणको लागि बिक्री खुल्ला


काठमाडौं – प्रोग्रेशिभ फाइनान्सले सर्वसाधारणले किन्न पाउने गरी संस्थापक शेयर बिक्रीमा ल्याएको छ। फाइनान्सले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा राखेको हो । कम्पनीले बिक्रीमा राखिएकाे शेयरकाे कित्ता भने खुलाइएको छैन ।

यसअघि फाइनान्सले संस्थाका विद्यमान शेयरधनीले किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको थियो । फाइनान्सले तोकिएको समयभित्र बिक्री नभएपछि सर्वसाधारणका लागि खुला गरेकाे हाे ।

इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र फाइनान्सको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्नुपर्नेछ ।