बैंकिङ्ग प्रणालीको निक्षेप ३ अर्बले घट्दा, कर्जा प्रवाह ६ अर्बले बढ्यो

बैंकिङ्ग प्रणालीको निक्षेप ३ अर्बले घट्दा, कर्जा प्रवाह ६ अर्बले बढ्यो


काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब ३९ अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन २१ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो।

साउन २० गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब ४२ अर्ब निक्षेप संकलन भएकोमा २१ गते ३ अर्बले घटेर ६४ खर्ब ३९ अर्ब संकलन भएको हो । यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन २ अर्बले घटेको छ । असार २० गते ५७ खर्ब १२ अर्ब निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले २१ गते ५७ खर्ब १० अर्ब निक्षेप संकलन गरेका छन् ।

त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह ६ अर्बले बढेको छ । आइतबारसम्म ५१ खर्ब ४५ अर्ब कर्जा प्रवाह भएकोमा सोमबार बढेर ५१ खर्ब ५१ अर्ब प्रवाह गरेको हो ।

सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह ६ अर्बले बढेको छ । आइतबारसम्म ४५ खर्ब ५२ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले सोमबार ४५ खर्ब ५८ अर्ब प्रवाह गरेका छन् ।

राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.४५ बाट बढेर ७८.५८ प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।