कामना सेवा विकास बैंकको संस्थापक शेयर बिक्रीमा


काठमाडौं – कामना सेवा विकास बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको संस्थापक शेयर बिक्रीमा राखेको हो ।

बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ६ हजार ६३६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरको मूल्य भने सार्वजनिक गरेको छैन ।

उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।