काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कारबाहीमा विभिन्न उद्योग तथा फर्महरू परेका छन् ।
बजार अनुगमन गर्दा ती उद्योग तथा फर्महरूले उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम आवश्यक निर्देशन/कारबाही गरिएको विभागका प्रवक्ता राकेश पाण्डेले जानकारी दिए ।
विभागले न्यु कार वर्ल्डलाई ५ हजार रुपैयाँ जरिवाना ताकेको छ भने मनकामना स्टोरलाई कागजसहित उपस्थित हुन आग्रह गरेको छ ।
अन्य कम्पनीहरु शिवांश ट्रेड लिंक, आर.एस.ट्रेड कन्सर्न, मुनायन देवी इन्टरप्राइजेज प्रा.लि., श्री जी इन्टरप्राइजेज, राना कलेक्सन, न्यु चिनार आर्टस एण्ड क्राफ्ट्स, तेन्जिङ रुग हाउस, सिंह कार्पेट उद्योग, ल्हामु कार्पेटस शप लगायतलाई सामान्य निर्देशन दिएको हो ।




About Us
प्रतिक्रिया