ग्रामीण विकास लघुवित्तमा रोजगारीको अवसर 


काठमाडौं – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले दरखास्त आह्वान गर्दे  ८५ जना कर्मचारीका मागेको हो । कम्पनीले कनिष्ठ चालक पदको प्राविधिक सेवामा ५ जना माग गरेको छ ।

यसका लागि लाइसेन्स प्राप्त गरी ५ वर्षको कार्यानुभव भएको र एसईई परीक्षा उत्र्तीण गरेकाले आवेदन दिन पाउनेछन् । अर्को कनिष्ठ सहयोगी पदको प्रशासन सेवामा ८० जना माग गरेको छ । यसमा एसईई परीक्षा उत्तीर्ण गरेकाले आवेदन दिन पाउनेछन्।

उमेरको हदमा कनिष्ठ चालकका लागि २१ वर्ष पूरा भई ४५ वर्ष ननाघेको र कनिष्ठ सहयोगीका लागि १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनु पर्नेछ । महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप हुनेछ । योग्य तथा तथा इच्छुक नागरिकले आवश्यक पर्ने काजगात सहित २५ दिनभित्र दरखास्त फाराम बुझाउनु पर्नेछ ।