मेरो माइक्रोफाइनान्सको नाफा ३६२.५९ प्रतिशतले बढ्याे


काठमाडौं – गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफामा उलेख्य मात्रामा वृद्धि देखिएको छ । समीक्षा अवधिमा लघुवित्तले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३६२.५९ प्रतिशतले बढी हो । अघिल्लो आवमा लघुवित्तले ४ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी १४ प्रतिशतले बढेर ८७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ७६ करोड ७० लाख रुपैयाँ थियो । गत आवको असार मसान्तसम्म लघुवित्तको सञ्चालन नाफा ६ करोड ९१ लाख रुपैयाँबाट ३१ करोड ३१ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा ३५२.७४ प्रतिशतले बढी हो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशतले बढेर ९९ करोड २९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ८५ करोड ७१ लाख रुपैयाँ थियो ।

त्यसैगरी, यस अवधिमा लघुवित्तको खराब कर्जा भने १.८४ प्रतिशतले बढेर ७.६८ प्रतिशत कायम भएको छ । त्यस्तै, इम्पेयरमेन्ट चार्ज १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा सीमित भएको छ ।