श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर बिक्रीमा


काठमाडौं – श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी मिन बहादुर कार्कीको नाममा रहेको ३० हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।

उक्त शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनुपर्नेछ ।