काठमाडौं – त्रिवेणी मोटोकर्पले कामा ब्राण्डको ११ र १४ सिट क्षमताका भ्यान तथा माइक्रो बस भित्र्याएको छ । व्यवसायीक र प्यासेन्जर दुबै प्रयोजनमा प्रयोग हुने विद्युतीय भ्यानको माग नेपालमा बढ्न थालेपछि भित्र्याएको मोटोकर्पले जानकारी दिएको छ ।
त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्पले, चीनको स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेडबाट आधिकारिक वितरक नियुक्त भएपछि कंपनीले विद्युतीय सवारी आयात गरी विक्री वितरण शुरु गरेको हो । स्याङडो∙ कामा अटोमोवाईल कंम्पनी लिमिटेड चाइनाको ठूला कमर्सियल र प्यासेन्जर गाडी निर्माता मध्येका एक भएको बताइएको छ ।
यो कंम्पनीका उत्पादन विश्वका ६० देशभन्दा बढी मुलुकमा बिक्रीवितरण भइरहेका छन् । हाल त्रिवेणी मोटोकर्पले सो कंम्पनीका ११ सिट र १४ सिटको कामा इलेक्ट्रिक प्यासेन्जर र १.५ टन क्षमताभएको पीक अप भ्यानको विक्रि वितरण सुरुगरेको छ । बिजुली गाडीको प्रर्वधनमार्फत् वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आवद्ध सवै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले जनाएको छ ।
११ र १४ सिट क्षमताको कामा ई.भी. माइक्रोमा क्रमस ३५ र ७० किलोवाट क्षमताको मोटर रहेको छ भने ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा २८० कि.मी रेञ्ज प्रदान गर्ने कम्पनीले बताएको छ । कामाका सबै इलेक्ट्रिक भ्यानहरुमा सीएटीएल व्याट्रि जडित रहेका छन् ।



About Us
प्रतिक्रिया