काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा सरुवा भएका छन् । मन्त्रीपरिषद्को बैठकले थापालाई केन्द्रीय अनुसन्धान ब्यूरोको जिम्मेवारी दिने निर्णय गरेको हो ।
यस्तै, हाल सीआईबीको नेतृत्व गरिरहेका एआईजी श्यामलाल ज्ञवाली प्रहरी प्रधान कार्यालय तानिएका छन् । उनले प्रहरी प्रधान कार्यालयमा बसेर प्रदेश समन्वय विभागकाे काम गर्नेछन् ।
यसैगरी, रामदत्त जोशी नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईज)मा बढुवा भएका छन् । मन्त्रीपरिषद्को बैठकले डीआईजी जोशीलाई एआईजीमा बढुवा गरेको हो ।
यस्तै, मन्त्रीपरिषद्को बैठकले थापाबाहेक थप २ जना प्रहरी एआईजीको सरुवा समेत गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले सीआईबीमा थापासहित कूल ३ जना एआईजीको सरुवा भएको जानकारी दिए ।
मन्त्रीपरिषद्को बैठकको निर्णय सुनाउँदै प्रवक्ता सुब्बाले सीआईबीमा कार्यरत एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय तानेको जानकारी दिँदै एआईजी किरण बज्राचार्यकाे समेत सरुवा भएको बताए ।



About Us
प्रतिक्रिया