काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकहरुलाई पर्साको वीरगन्जस्थित नेपाल मेडिसिटी वयोधा हस्पिटलका सेवामा विशेष छुट दिइने भएको छ । सिटिजन्स बैंक र मेडिसिटी वयोधा हस्पिटलबीच हालै यसबारे नयाँ सम्झौता भएको हो ।
समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकहरूले नेपाल मेडिसिटी वयोधा हस्पिटलमा १० प्रतिशतसम्मको छुट पाउने छन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ।
बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।



About Us
प्रतिक्रिया