काठमाडौं – सरकारले नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न सुरु गरेको छ । अर्थ मन्त्रालयअन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालय एक सूचना जारी गर्दै नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्र अभौतिकीकरण गर्न सुरु गरेको जानकारी गराएको छ।
नेपाल राष्ट्र बैंकबाट २०८१ जेठ ३१ गतेसम्म जारी भएका विभिन्न नागरिक बचतपत्र र वैदेशिक रोजगार बचतपत्रको साँवा–ब्याज भुक्तानी प्रक्रिया र दोस्रो बजार कारोबारलाई सहजीकरण गर्न भौतिक प्रमाणपत्रलाई डेप्ट अपरेसन एन्ड म्यानेजमेन्ट सफ्टवेयर (डीओएमएस) सिस्टम र इन्भेस्टर पोर्टलमा अभिलेख गरी अभौतिकीकरण गर्ने प्रक्रिया सुरु गरिएको कार्यालयले जनाएको छ।




About Us
प्रतिक्रिया