सानिमा बैंकका ग्राहकलाई दूसित थानी हिमालयन रिसोर्टमा छुट


काठमाडौं – सानिमा बैंकले धुलिखेलस्थित दूसित थानी हिमालयन रिसोर्टमा छुटको व्यवस्था गरेको छ। बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यस्तो छुटको व्यवस्था गरेको हो।    

उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्युआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका विभिन्न सेवाहरूमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।  

बैंकले यसैगरी ग्राहकहरूलाई विभिन्न छुट तथा अफरहरू प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटिएमहरु संचालनमा रहेका छन् ।