काठमाडौं – नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार हाल बैंकिङ्ग प्रणालीमा निक्षेप संकलन ६४ खर्ब २८ अर्ब पुगेको छ। केन्द्रीय बैंकको तथ्यांकअनुसार साउन १६ ,१७ गते बैंकिङ्ग प्रणालीमा सो रकम बराबरको निक्षेप संकलन भएको हो ।
साउन लागेयता घट्न थालेको निक्षेप संकलन मंगलबार, बुधबार र बिहीबार लगातर तीन दिनसम्म स्थिर रहेकाे छ। गत १५ गते बैंकिङ्ग प्रणालीमा ६४ खर्ब २८ अर्ब निक्षेप संकलन भएकोमा साउन १६ र १७ साेही रकम बराबरकाे निक्षेप संकलन भएकाे हाे।
यस्तै, सो समयमा वाणिज्य बैंकहरुबाट हुने निक्षेप संकलन पनि स्थिर रहेको छ। असार १६ गते बैंकिङ्ग प्रणालीबाट ५६ खर्ब ९९ निक्षेप संकलन गरेका वाणिज्य बैंकहरुले १७ गतेपनि सोही रकम बराबरको निक्षेप संकलन गरेका हुन् । असार १५ गते पनि वाणिज्य बेंकहरुले साेही रकम बराबरकाे निक्षेप संकलन गरेका थिए ।
त्यस्तै, सो समयमा बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा प्रवाह भने बढेको छ। बुधबारसम्म ५१ खर्ब ४३ अर्ब प्रवाह भएकोमा बिहीबार १ अर्बले बढेर ५१ खर्ब ४४ अर्ब बराबरको कर्जा प्रवाह भएको छ । सो समयावधिमा वाणिज्य बैंकहरुबाट हुने कर्जा प्रवाह पनि १ अर्बले नै बढेको छ। बुधबारसम्म ४५ खर्ब ५१ अर्ब कर्जा प्रवाह गरेका वाणिज्य बैंकहरुले बिहीबार ४५ खर्ब ५२ अर्ब प्रवाह गरेका छन् ।
राष्ट्र बैंकको तथ्यांकले औसत सीडी रेसियो पनि ७८.५७ बाट बढेर ७८.६० प्रतिशतमा कायम भएको देखाएको छ। त्यस्तै, केन्द्रीय बैंकको तथ्यांकअनुसार अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम छ ।



About Us
प्रतिक्रिया