काठमाडौं – वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम अमेरिकी डलर १,५ सय वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्मकाे रकम नगदमा आफैसँग राख्न सकिन्छ। सत्ता सीमाभन्दा बढी भएमा ३५ दिनभित्र सटही गरिसक्नु पर्दछ ।
आफ्नो पहिचान खुल्ने प्रमाण पेस गरी एक पटकमा अमेरिकी डलर १ हजार वा सो बराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा सटही गर्न सकिन्छ। विदेशमा आर्जन गरेको प्रमाणित हुने कागजातसहित भन्सार उद्घोषण गरी कानूनी रूपमा नेपाल भित्र्याइएको परिवर्त्य विदेशी मुद्राको हकमा भने जतिसुकै रकम पनि एकै पटकमा सटही गर्न सकिन्छ ।
आफ्नो पहिचान खुल्ने कागजात पेस गरी विदेशी इष्टमित्र र ग्राहकहरूबाट उपहार, टिप्स आदि बापत प्राप्त भएको विदेशी मुद्रा एक पटकमा अमेरिकी कलर ५ सय वा सो बराबर हुने अन्य परिवर्त्य विदेशी मुद्रा इजाजत पत्रप्राप्त मनि चेञ्चरहरूबाट पनि सटही गर्न सकिन्छ । केन्द्रीय बैंकले (आज) मंगलबार वित्तीय चेतनाका लागि सन्देश जारी गर्दे सो विषयमा जानकारी दिएको हो।



About Us
प्रतिक्रिया