काठमाडौं –हिमालयन बैंकको स्वयम्भुमा रहेको शाखा स्थान्तरण भएको छ। बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु मध्ये स्वयम्भु शाखा – २ लाई स्थानान्तरण गरी वडा नं १६, बालाजु चोक, काठमाडौं महानगरपालिका, काठमाडौंबाट मंगलबारदेखि बालाजु शाखा नामबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।
बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका छन् ।



About Us
प्रतिक्रिया