सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज साउदी रियाल एकको खरिद दर ३५.६३ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.७९ रुपैयाँ रहेको छ।

आज मलेसियन रिंगिट एकको खरिद दर २९.७३ रुपैयाँ र बिक्री दर २९.८६ रुपैयाँ कायम हुँदा अमेरिकी डलर एकको खरिद दर १३३.७१ रुपैयाँ र बिक्री दर १३४.३१ रुपैयाँ रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४५.८६ रुपैयाँ रहेको छ भने बिक्री दर १४६.५२ रुपैयाँ रहेको छ। यस्तै, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७१.१४ रुपैयाँ रहेको छ भने बिक्री दर १७१. ९१ रुपैयाँ रहेको केन्द्रीय बैंकले जनाएकाे छ ।