प्राइम कमर्सियल बैंकको नाफा २६७ प्रतिशतले बढ्यो


काठमाडौं– प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०र८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशत बढी हो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकको ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

साथै, बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । त्यस्तै, खराब कर्जा समीक्षा अवधिमा घटेर ४.६७ प्रतिशतमा झरेको छ ।

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ छ भने जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित रहेको छ । गत वर्ष बैंकले २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।