काठमाडौं– हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ मा उच्च नाफा आर्जन गरेको छ । बैंकले सो अवधिमा ८१.६० प्रतिशतले नाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड रुपैयाँ खुद नाफा गरेको हो । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ६१ करोड रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ९ अर्ब ९२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । त्यस्तै, बैंकले गत आर्थिक वर्षमा २ खर्ब ९३ अर्ब ८९ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३२ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
गत असारसम्म बैंकको चुक्ता पुँजी २१ अर्ब ६५ करोड रुपैयाँ र जगेडा कोष २२ अर्ब ४३ करोड रुपैया सञ्चित रहेको छ ।



About Us
प्रतिक्रिया