काठमाडौं – मुक्तिनाथ विकास बैंकले समीक्षा वर्षमा १ अर्ब २७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य मुनाफा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ भने लाभांश वितरण क्षमता प्रतिशेयर ४.७१ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ८२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष बैंकको नाफामा २४८ प्रतिशतको वृद्धि भएको छ ।
यो वर्ष बैंकको सञ्चालन मुनाफा पनि १.४८ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ७८ लाख रुपैयाँ भएको छ । अघिल्लो वर्ष यस्तो मुनाफा १ अर्ब ८२ करोड ५ लाख रुपैयाँ थियो ।
समीक्षा वर्षमा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १८ करोड ३० लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष खुद ब्याज आम्दानी ४ अर्ब १० करोड ४० लाख रुपैयाँ रहेको थियो । अघिल्लो वर्षको तुलनामा यो वर्ष खुद ब्याज आम्दानीमा १.९२ प्रतिशतको कमी आएको छ ।
बैंकको खराब कर्जा अनुपात ९एनपीएल० बढेर २।२६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष एनपीएल ०.९८ प्रतिशत थियो । खराब कर्जा मेन्टेन गर्न बैंकले ६४ करोड ८५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ ।
चुक्तापुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको बैंकको रिजर्भमा ३ अर्ब १७ करोड ९ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा ३३ करोड १८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा वर्षमा बैंकले १ खर्ब ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९१ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षमा बैंकले १ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।



About Us
प्रतिक्रिया