एभरेष्ट बैंकको नाफा बढ्यो, अन्य सूचक कस्ता ?


काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०र८१ मा ३ अर्ब ७० करोड ६ लाख रुपैयाँ नाफा गरेको छ । बैंकले अघिल्लो आवको सोही अवधिमा ३ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष बैंकको नाफा १०.०७ प्रतिशत बढेको हो ।

त्यस्तै, बैंकले गत आवमा ७ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७ अर्ब ४१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । साथै बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ देखिएको छ ।

बैंकले गत आवमा २ खर्ब ३२ अर्ब ३१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ७९ अर्ब ६४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ र जगेडा कोषमा १२ अर्ब २५ करोड रुपैयाँ सञ्चित रहेको छ ।