काठमाडौं– माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा बैंकले २३.०९ प्रतिशत कम नाफा गरेको हो ।
बैंकको खुद ब्याज आम्दानी पनि ६।७६ प्रतिशत घटेको छ । ६ प्रतिशतले ब्याज आम्दानी घटेको सो बैंकले ५ अर्ब ९० लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ३७ करोड २३ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
बैंकको चुक्ता पुँजी १३.३० प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ र जगेडा कोष ३.७६ प्रतिशत घटेर ५ अर्ब ६७ करोड रुपैयाँ कायम रहेको छ । गत वर्ष बैंकले निक्षेप संकलन २.४४ प्रतिशत बढाएर १ खर्ब ५७ अर्ब ९४ करोड रुपैयाँ र कर्जा ०।७७ प्रतिशत बढाएर १ खर्ब २७ अर्ब १० करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा पनि १.५६ प्रतिशत पुगेको छ ।



About Us
प्रतिक्रिया