काठमाडौं– एनएमबि बैंकको नाफामा गिरावट आएको छ । बैंकले गत आर्थिक वर्ष २०८०/८१ मा २ अर्ब ३३ करोड ६५ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
त्यस्तै, बैंकको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । बैंकले यस पटक ७ अर्ब ४९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको छ भने अघिल्लो आवको सोही अवधिमा बैंकले ८ अर्ब ३४ करोड २४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
साथै, बैंकले यो अवधिमा कुल २ खर्ब २३ अर्ब ९४ करोड र कर्जा लगानी १ खर्ब ९४ अर्ब ३३ करोड रुपैयाँ प्रवाह गरेको छ भने यो समयमा बैंकको वितरणयोग्य नाफा २३ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब १४ करोड रुपैयाँ रहेको थियो ।
त्यसैगरी, बैंकको खराब कर्जा अनुपात २.७५ प्रतिशत बाट बढेर ३.२७ प्रतिशत पुगेको छ ।



About Us
प्रतिक्रिया