घट्यो नेपाल फाइनान्सको खुद नाफा


काठमाडौं – नेपाल फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म १ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको नाफा १०.०१ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्ष फाइनान्सले २ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

हाल फाइनान्सको चुक्ता पूँजी ७२ करोड ९९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य मुनाफा २० करोड ८२ लाख २९ हजार रुपैयाँ ऋणात्मक छ। समीक्षा अवधिमा फाइनान्सको खुद ब्याज आम्दानी १९.८६ प्रतिशतले बढेर ११ करोड ७ लाख ५५ हजार रुपैयाँ पुगेको छ। खुद फि र कमिशन आम्दानी ७७.९२ प्रतिशतले बढेर १ करोड २७ लाख ८२ हजार रुपैयाँ भएको छ।

फाइनान्सको प्रतिशेयर आम्दानी घटेर २ रुपैयाँ ४८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ५२ पैसा रहेको छ। निष्क्रिय कर्जा अनुपात १२.१६ प्रतिशतबाट घटेर ९.११ प्रतिशतमा झरेको छ। समीक्षा अवधिमा फाइनान्सले २ अर्ब ५५ करोड ४५ लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब १ करोड ९६ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।