काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको ‘बिजनेश एक्सलेन्स अवार्ड २०२४’ सम्पन्न भएको छ । शनिबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न उक्त आवर्डले कम्पनीको व्यवसाय वृद्धिमा गर्न महत्वपूर्ण भुमिका निर्वाह गरेको बताइएको छ ।
उक्त कार्यक्रममा अभिकर्ताहरुको सम्मान स्वरुज आयोजना गरेको उक्त कार्यक्रममा आर्थिक वर्ष २०८०/०८१ सालमा उत्कृष्ट कार्य सम्पादन गरेका तीन सय एजेन्सीहरुलाई विभिन्न अवार्डसहित सम्मान गरेको हो।
कम्पनीले देशैभरीबाट विभिन्न विधामा तीन सय एजेन्सीहरुलाई सम्मान गरेको छ । जसमा गत आर्थिक वर्षको टिम बिजेनेश, व्यक्तिगत कोडबाट सर्बोत्कृष्ट व्यवसाय गर्न र सबैभन्दा बढी पोलिसी बिक्री गर्ने एजेन्सीहरुलाई सम्मान गरिएको थियो। जसमा व्यक्तिगत कोडबाट गेल्मु लामा र टिम बिजनेशबाट नगेन्द्र कुमार श्रेष्ठ सर्बोत्कृष्ट हुन सफल भएका छन्।
अवार्ड कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत कबि फुँयालले अभिकर्ताहरुको कडा, मिहिनेतका कारण कम्पनीको वित्तीय विवरण पनि बलियो भएको दावी गरे ।



About Us
प्रतिक्रिया