नेपाल बैंकद्वारा अत्याधुनिक कल सेन्टर सञ्चालनमा 


काठमाडौं – नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ग्राहक सेवा थप प्रभावकारी तथा उत्कृष्ट बनाउने उद्देश्यले अत्याधुनिक कल सेन्टर सेवा सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूमा भएको सेवा सम्बन्धी जानकारी दिने उद्देश्यले सो कल सेन्टर सञ्चालनमा ल्याएको हाे ।

कल सेन्टरमार्फत बैंकले  विभिन्न गतिविधि तथा सूचनामूलक जानकारी प्रदान गर्नेछ। बैंकले सेवाग्राहीबाट बैंकको सेवा प्रवाहसम्बन्धी सुझाव पनि लिनेछ। 

बैंकले कल सेन्टरका ०१५९७१२२२, १६६००१३७३७३ नम्बर ताेकेकाे छ ।  बैंकले उत्कृष्ट ग्राहक सेवाका लागि यो कल सेन्टर सञ्चालनमा ल्याएको जानकारी दिएको छ। 

साथै, कल सेन्टरले बैंक र ग्राहकबीचको सेवालाई अझ उत्कृष्ट र सरल बनाउँदै बैंक र ग्राहकसँगको सम्बन्धलाई समयसापेक्ष,अद्यावधिक र सुमधुर बनाउने विश्वास बैंकले लिएको छ।